राजनीति


मुलुकमा एकात्मक शासन व्यवस्था ल्याउने प्रयत्न हुँदैछ : रेशम चौधरी

मुलुकमा एकात्मक शासन व्यवस्था ल्याउने प्रयत्न हुँदैछ : रेशम चौधरी

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८१ आइतबार १५:५२, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था सुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।  

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताएका हुन्।

उनले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको उनले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताए।

‘तपाईं हामीले नेपाल जोगाउने, नेपाल बनाउने, नेपालभित्रै हलो जोत्ने र साच्चिकै सुन्दर नेपाल बनाउने परिकल्पना गर्नुपर्छ,' उनले भने, 'धेरै भयो क्या ! आजभोलि त दुई दलीय मात्र भन्छन्। दुई दलीय भन्नेलाई इतिहास केहो थाहै छैन। हामी त जान्दछौँ अमेरिकामा दुई दल मात्रै छन् त? भारतमा दुई दलमात्रै छन्? हामी त लोकतन्त्रका सुन्दर गहना हौं। यिनीहरूले बोल्नै दिँदैनन्। साच्चिकै एकात्मक शासन व्यवस्थाको शुरुवात गर्ने प्रयत्न हुँदैछ। यो जालो च्यात्नुपर्छ।'
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad