राजनीति


सार्वभौमसत्ता संसद्‌मा नभई जनतामा निहीत छ : उपाध्यक्ष पाण्डे

सार्वभौमसत्ता संसद्‌मा नभई जनतामा निहीत छ : उपाध्यक्ष पाण्डे

नेपालखबर
माघ २६, २०८१ शनिबार १८:१३, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौमसत्ता संसद्‌मा नभई जनतामा निहीत रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘सार्वभौम सत्ता संसदमा होइन। जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरेको हो। त्यो पावर जनतामा भएकै कारणले अर्को पटकको चुनावमा अर्कोलाई पावर डेलिगेट गर्ने हो भने हिजोका सांसदले मसँग पावर छ भन्न पायो र? त्यसैले सार्वभौमसत्ता संसद्‌‌मा होइन की जनतामा छ,' उनले भने, 'जनताले पाँच वर्षको लागि डेलिगेट गर्दाखेरिमा पाँच वर्ष त्यो संसद्ले कानुन बनाउँछ। अर्को चोटी अर्कै संसद्को सदस्य भएर आउँछ, त्यसले कानुन बनाउँछ ।’

सामाजिक सञ्जालसम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरुका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad