राजनीति


चितवन अदालतले रविलाई पठायो न्यायिक हिरासत

चितवन अदालतले रविलाई पठायो न्यायिक हिरासत

न्यायाधीश दयाराम ढकाल र सहकारी ठगीका अभियुक्त रवि लामिछाने


नेपालखबर
माघ २३, २०८१ बुधबार १७:२२, काठमाडौँ

सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएउने आदेश गरेको हो। 

उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। 

यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए। रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो।

यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए। 

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए। 

यस मुद्दाका अरू धेरै प्रतिवादी फरार छन्। केही थुनामा भए पनि थुनछेक बहस रविबाटै सुरु भएको हो।

चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ। 
उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad