राजनीति


प्रकाश ज्वालाको संयोजकत्वमा एकीकृत समाजवादीले बनायो संविधान संशोधन अध्ययन कार्यदल

प्रकाश ज्वालाको संयोजकत्वमा एकीकृत समाजवादीले बनायो संविधान संशोधन अध्ययन कार्यदल

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८१ बुधबार १२:३३, काठमाडौँ


संविधान संशोधनका सम्बन्धमा उठेका सबै विषयमा पार्टीको धारणा तय गर्न नेकपा एकीकृत समाजवादीले कार्यदल बनाएको छ। 

पार्टीले उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा  उपमहासचिव गरिमा शाह, सचिव गणेशबहादुर विश्वकर्मा, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, पोलिटब्युरो सदस्य घनश्याम गौतम र राजन राई, गोविन्द बन्दी र शंकर सुवेदी सदस्य रहेको 'संविधान संशोधनसम्बन्धी अध्ययन कार्यदल बनाएको हो। 

उक्त पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मार्फत अध्ययन कार्यदलाई सुझाव पेस गर्न निर्देशन पनि दिएको छ।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad