प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नरहेको दाबी गरेका छन्। संघीय संसद्को, प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने बताएका हुन्।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको हल्लाका बीच उनले यस्तो बताए। 'विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ ‘सरकार ढल्छ। ढल्नै लाग्यो। पुस मसान्त, माघे संक्रान्ति काट्दैन आदि इत्यादि,' उनले भने, 'यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ।’
बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए।
Shares

प्रतिक्रिया