राजनीति


अखिल क्रान्तिकारीको रोकिएको मतगणना दिउँसोबाट पुनः सुरु हुने

अखिल क्रान्तिकारीको रोकिएको मतगणना दिउँसोबाट पुनः सुरु हुने

फाइल तस्बिर


नेपालखबर
माघ १४, २०८१ सोमबार ७:१७, काठमाडौँ

अनेरास्ववियु क्रान्तिकारीको राेकिएकाे मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ।  

क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्नुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी गराएका हुन्। 

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो। ‘विशेष कारणबस स्थगित भएको मतगणना माघ १४ गते मध्यान्ह १२ बजेबाट सुचारु गरिनेछ,’ सूचनामा भनिएको छ। 

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो। 

क्रान्तिकारीको अन्तिम परिणाम आउन अब दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ।

काठमाडौँको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि मतगणना रोकिएको थियो।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म देशका ७ प्रदेशको अन्तिम नतिजा आइसकेको छ, जसमा सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन्। उपदेश यादवले १३८ मत पाएका छन्।

क्रान्तिकारीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको थियो।

विजयप्रकाश शर्मा सापकोटालाई ३२ वर्षे उमेरहद लागेपछि नेतृत्वबाट बाहिरिन बाध्य भएका विद्यार्थी नेतासहित उपमहासचिव शक्ति बस्नेत लगायतले समर्थन गरेका छन्।

यस्तै, हेमन्त राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका छन्।

उपदेश यादवलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad