कर्णाली


कर्णाली प्रदेशसभाका संसदीय समितिले पाए नेतृत्व

कर्णाली प्रदेशसभाका संसदीय समितिले पाए नेतृत्व

नेपालखबर
माघ १०, २०८१ बिहिबार १९:५३, सुर्खेत

कर्णाली प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन्। गत वैशाखदेखि नेतृत्वविहीन रहेका कर्णालीका संसदीय समितिलाई बिहीबार (माघ १०) गते पूर्णता दिइएको हो।

गत वैशाखयता विभिन्न समयमा रिक्त रहेका तीनवटा संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।

लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएका छन्।

उनीहरूलाई कार्यवाहाक सभामुख यसोदाकुमारी न्यापानेले शपथ गराएकी हुन्।

यसअघि लेखा समितिको सभापति रहेका एमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएपछि उक्त समिति नेतृत्वविहीन अवस्थामा थियो।

यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत १८ वैशाख २०८१ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो।

सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २० साउन २०८१ मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो। चारवटा समिति रहेका कर्णाली प्रदेशसभामा यस अघिदेखि नै प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad