राजनीति


एमसीसी राम्रो रहेछ भन्ने अहिले सबैले बुझ्दै गएका छन् : देउवा

एमसीसी राम्रो रहेछ भन्ने अहिले सबैले बुझ्दै गएका छन् : देउवा

नेपालखबर
माघ ९, २०८१ बुधबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन्।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गरे।

‘एक पटक एमसीसी पास गर्ने बेलामा, एमसीसी सही छाप गर्ने बेलामा धेरै ठूलो बिरोध भयो,’ देउवाले भने, ‘संसदबाट पास गराउन पनि धेरै गाह्रो भयो। अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर, यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर। यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन। त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे। राम्रो गरेको छ।’

व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै उनले व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने तर्क गरे।

‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो,’ देउवाको भनाइ छ, ‘सरकारले उद्योगपति र व्यापारी बन्नेकुरा पनि छैन। हाम्रो देश भारत र चीनको बीचमा छ। त्यसको असर पनि हामीलाई पर्दछ। प्रभावहरु हाम्रोमा पर्दछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad