नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन्।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागको सदस्यमा उनीहरूलाई मनोनयन गरेका हुन्।
मनोनयन भएका सदस्यहरूमा कृष्णबहादुर केसी कास्की, सुमीत्रा खनाल नवलपुर, विजय भुसाल चितवन, राधेश्याम पाठक नवलपरासी, ब्रह्मप्रकाश रौनियार सुनसरी, मेघनाथ यादव धनुषा, झनकराज तिमिल्सिना कैलाली, भीमबहादुर शाही कालिकोट, जीतबहादुर लामा काभ्रेपलाञ्चोक र सन्तोष कोइराला (परियार) नवलपुर रहेका छन्।
240
Shares

प्रतिक्रिया