राजनीति


गोकुल बास्कोटा भन्छन् : अध्यादेश ल्याउनु अलोकतान्त्रिक भए संविधानबाटै हटाइदिऊँ

गोकुल बास्कोटा भन्छन् : अध्यादेश ल्याउनु अलोकतान्त्रिक भए संविधानबाटै हटाइदिऊँ

नेपालखबर
माघ ८, २०८१ मंगलबार १५:४८, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन्।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गरेका हुन्।

उनले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताए।

सांसद बास्कोटाले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरे। उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बताए।

सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए।

उनले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताए।

विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको उनको भनाई थियो।

उनले भने, ‘अध्यादेश आउनु लोकतन्त्र हो की होइन भन्नेकुरा अनौठो लाग्छ। अध्यादेश ल्याउने व्यवस्था संविधानमा नै छ। कसरी अलोकतान्त्रिक हुन्छ। पहिला संविधानको त्यो बुदा झिकेर फालिदिनुपर्‍यो।’

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताए। उनले बजेट खर्चबारे प्रश्न गरे। उनले बजेट पास भयो, ठेक्का कति लागे? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ? भन्दै प्रश्न गरे। सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad