राजनीति


एमाले सचिवालय बैठक बस्दै, ओलीले ‘ब्रिफिङ’ गर्ने

एमाले सचिवालय बैठक बस्दै, ओलीले ‘ब्रिफिङ’ गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार १२:३७, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। 

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो। 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे नेताहरूलाई जानकारी गराउनेछन्। 

‘संसद् चल्दै छ, अध्यादेशको विरोध भइरहेको छ,’ गौतमले भने, ‘विकसित राजनीतिका सन्दर्भहरू छन्। तीबारे उहाँले जानकारी गराउनुहुन्छ।’

त्यस्तै नेकपा एमाले फर्किन चाहिरहेका नेता वामदेव गौतमको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।

गौतमले भने, ‘त्यसभित्र वामदेवको पनि सानो कुरा हुन्छ। आउनेलाई पार्टीमा स्वागत छ। उहाँलाई रोक्ने कुरा भएन। आउन दिनुपर्छ। उहाँ आउनुभयो भने पनि भूमिकासहित आउनुहुन्छ।'  

गौतमले आफू एमालेमा फर्किन तयार भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad