नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा देखिएको आर्थिक संकटमोचन कालागि कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको बताएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ कोसी प्रदेशको विराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको शनिबार उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले घाम ताप्न ७ बुँदे सहमति नभएको टिप्पणी गरे। उनले ७ बुँदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्क गरे। संविधान संशोधनपछि बाँकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संशोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।
अर्को पाटीको झन्डा बोक्दैमा कोही दुस्मन नहुने तर्क गर्दै गुरुङले नेपालीको दुस्मन गरिबी,अभाव, भ्रष्टाचार र बेथिति रहेको तर्क गरे। ‘हाम्रो दुस्मन बेथिति, अराजकता र भ्रष्टाचार हो,’ उनले भने, ‘फरक झन्डा बोक्ने होइन्। एक पार्टीले अर्को पार्टीलाई गाली गर्नुको कुनै औचित्य छैन। हामी सबै मिलेर हाम्रो दुस्मनविरुद्ध लड्नुपर्छ।’
Shares

प्रतिक्रिया