राजनीति


पुरानो चुनावी क्षेत्रमा नजर बढाउँदै उपेन्द्र, सप्तरीमा ३ दिने कार्यक्रम

पुरानो चुनावी क्षेत्रमा नजर बढाउँदै उपेन्द्र, सप्तरीमा ३ दिने कार्यक्रम

नेपालखबर
पुस २४, २०८१ बुधबार १४:४१, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्।

यादवले बुधबारदेखि ३ दिनसम्म सप्तरीको चारवटै निर्वाचन क्षेत्रका तीन स्थानमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन्। 

पहिलो दिन सप्तरीको क्षेत्र नं १मा पर्ने कञ्चनरूप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ। जसमा जिल्लाका केन्द्रीय नेततासहित क्षेत्रीय, पालिका र वडास्तरका नेता-कार्यकर्ताको जमघट छ।

दोस्रो दिन पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउपालिका-१ स्थित प्रसाहीमा आयोजना गरिनेछ। त्यसलगत्तै पुस २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ।

पछिल्लो ५ महिनादेखि निरन्तर राजधानी काठमाडौँदेखि देशव्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन विस्तारका लागि जसपा नेपालका नेता-कार्यकर्ता आधारभूत संगठन निर्माणमा लागेका छन्।

आगामी माघ मसान्तसम्म अभियान सञ्चालन गरिने जसपा नेपालले जताएको छ। अध्यक्ष यादव लुम्बिनी प्रदेशमा पाँच दिने कार्यक्रम सम्पन्न गरेलगत्तै सप्तरीमा चारवटै निर्वाचन क्षेत्रमा अगुवा नेता कार्यकर्ताका लागि प्रशिक्षण दिन पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad