राजनीति


मितेरी सहकारी ठगी: कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो दोस्रो चरणको बयान

मितेरी सहकारी ठगी: कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो दोस्रो चरणको बयान

नेपालखबर
पुस २३, २०८१ मंगलबार १८:२६, काठमाडौँ

ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो चरणको बयान लिएको छ। 

मंगलबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

यसअघि कात्तिक २८ गते पनि सीआईबीले गुरुङसँग बयान लिएको थियो। 

मंगलबार करिब ५ घण्टा उनको बयान लिइएको छ। सहकारी र धनराजका विषयमा यसअघि नै सीआईबीले विभिन्न बैंक तथा कार्यालयहरूमा समेत पत्राचार गरेको र ती कार्यालयबाट जवाफ प्राप्त भएपछि त्यस विषयमा मंगलबार सोधपुछ भएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि अनुसन्धानमा तानिएका हुन्।

ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए। धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन्। तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण तिरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad