राजनीति


नेपाली भूमि भारतीयले उपभोग गरिहेकोबारे सरकार गम्भीर छ : गृहमन्त्री

नेपाली भूमि भारतीयले उपभोग गरिहेकोबारे सरकार गम्भीर छ : गृहमन्त्री

नेपालखबर
पुस २२, २०८१ सोमबार १५:६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। 

सुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको जमीन भारतीयले उपभोग गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यो विषयमा सरकार जानकार रहेको र गम्भीरताका साथ लिएको बताएका हुन्।  

‘भारतीय नागरिकले हाम्रो जमीनमा खेतीपाती गरिरहेका छन् भन्ने धेरै तिरबाट जानकारी आएको छ,’ उनले भने, ‘सरकार यस विषयमा जानकार छ, गम्भीर छ र कूटनीतिक माध्यमले समाधानको लागि प्रयास गरिरहेको छ।’

सरकार आफ्नो भूमि, सिमानाको रक्षाका लागि गम्भीर रहेको गृहमन्त्री लेखकले बताए।

राज्य व्यवस्था समितिको आजको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad