प्रमुख प्रतिपक्षी नेकपा माओवादीको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ।
सोमबारबाट प्रतिवेदनमाथि धारणा राख्न सुरु भएकोमा केही केन्द्रीय सदस्यले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र ल्याउन माग गरेका छन्। स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रचण्डको प्रस्तावको भने उनीहरुले स्वागत गरेका छन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डको प्रस्तावमाथि अधिकांशले सर्मथन जनाउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन्। योगदानमा आधारित किसान पेन्सनको कार्यक्रम अघि सार्न पनि केही केन्द्रीय सदस्यले प्रचण्डलाई सुझाव दिएका छन्।
त्यस्तै दलित, महिला र मुस्लिमका लागि विशेष प्रस्ताव ल्याएको धन्यवाद दिएका छन्। प्रचण्डले महिलाका लागि ५० प्रतिशत आरक्षण छुट्याउन पहल गर्ने प्रस्तावमा उल्लेख गरेका छन्।
कुनै पनि खालको विभेद गर्ने नेता कार्यकर्तालाई कडा कारबाही गर्नुपर्ने र नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि केन्द्रीय सदस्यहरुले गरेका छन्।
महाधिवेशको तालिका ल्याउन समेत केही केन्द्रीय सदस्यले माग गरेका थिए।
Shares

प्रतिक्रिया