राजनीति


के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

नेपालखबर
पुस २१, २०८१ आइतबार १४:४०, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्र लगायतका दलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यविरुद्ध मिथ्या संकथन निर्माणको प्रयास गरिहेको आरोप लगाएका छन्। 

आइतबार सुरु भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले त्यस्तो संकथन मिथ्या र भ्रामक रहेको दाबी गरेका छन्।

‘सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्रलगायत केही दलले यस परिवर्तनका विरुद्ध एउटा मिथ्या संकथन निर्माणको प्रयास गरिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आफूहरूले ठूलाठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि अत्तालिएका दलहरू रातारात मिल्न पुगेको, यस समीकरणले आफूहरूले सुरु गरेको सुशासनको अभियानलाई उल्ट्याउन खोजेको,’ र ‘एमाले र नेपाली कांग्रेसले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीजस्ता उपलब्धिहरू खोस्न खोजिरहेको’ भ्रामक प्रचार गर्न खोजिरहेका छन्।’

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन अनुसूचीसहित ४७ पृष्ठको रहेको छ। प्रतिवदेनमा दुई दलबीचको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको दाबी गरिएको छ। भनिएको छ, ‘एमाले र कांग्रेसकाबीचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो। राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै संकटमा पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौँ।'

त्यस्तै उनले ओलीले माओवादी केन्द्रलाई अवसरवादीको आरोप लगाएका छन्। सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै ओलीले तीव्र रोष प्रकट गरेका छन्। साउनको दोस्रो हप्ता माओवादी अध्यक्ष प्रचण्डले बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई त्यहाँका जनताले सत्ता छोड्न बाध्य बनाएको प्रसङ्ग उठाएका थिए।

‘गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो,’ ओलीले लेखेका छन्, ‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ। ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ। पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ।’

 

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad