गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। समितिको आजको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले यस विषयमा सरकारको जवाफ माग गरेका थिए।
त्यसअघि समितिको बैठकमा यस विषयमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनविपरित भए त्यो जग्गा फिर्ता ल्याउन आग्रह गर्दै त्यसो गरेमा सरकारलाई धन्यवाद दिने बताएका थिए।
Shares

प्रतिक्रिया