राजनीति


नेपाली पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपाली पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपालखबर
पुस १८, २०८१ बिहिबार १०:५६, काठमाडौँ

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ। काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो।

‘उहाँको परिवारका सदस्यहरूले फोन गरेर उहाँको निधन भएको जानकारी गराउनु भएको छ,’ स्व. शाहलाई आफ्नो प्रेरणाको स्रोत मान्ने पूर्वपरराष्ट्र सचिव डा मदन भट्टराईले नेपालखबरसँग भने, ‘उहाँ ९२ वर्षको हुनुहुन्थ्यो।’

शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। २०४५ मा नेपालमाथि भारतले नाकाबन्दी गरेका बेला उनी भारतका लागि नेपाली राजदूत थिइन्। 

नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन्। 

सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्। 

तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उनले परराष्ट्र सेवाबाट अवकास प्राप्त गरेकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad