ग्लोबल


मोन्टेनेग्रोमा ९ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली

मोन्टेनेग्रोमा ९ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली

नेपालखबर
पुस १८, २०८१ बिहिबार ९:५५, काठमाडौँ

युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ। 

सार्वजनिक प्रसारक आरटीसीजीले प्रहरी अधिकारीलाई उद्धृत गर्दै घटना सेनटिन्जेस्थित एक रेस्टुरेन्टमा भएको बताएको छ।

यसपछि आक्रमणकारीले आफूलाई पनि गोली हानेका थिए।

मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

देशका प्रधानमन्त्रीले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन्।

गृहमन्त्रीले आक्रमणकारीले आफ्नो परिवारका सदस्य, रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या गरेको बताए।

यसैबीच समाचार एजेन्सी एएफपीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै गोलीबारीमा चार जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad