राजनीति


रविको पक्राउले देशमा सरकार छ कि क्या हो भन्ने देखियो : रास्वपा

रविको पक्राउले देशमा सरकार छ कि क्या हो भन्ने देखियो : रास्वपा

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २१:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा सरकारविहीनताको अवस्था देखिइरहेका बेला आफ्ना सभापति रवि लामिछाने पक्राउपछि सरकारको उपस्थिति देखिएको बताएको छ।

शुक्रबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकका निर्णय र छलफलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्रा कविन्द्र बुर्लाकोटीले रविको पक्राउपछि मात्र सरकार देखिएको टिप्पणी गरे।

‘रवि लामिछाने पक्राउ पर्नुभएको थिएन भने सरकार नै थियो कि थिएन भन्ने खालको, एक प्रकारको मुर्दा शान्तिजस्तो अवस्था थियो,’ बुर्लाकोटीले भने, ‘रवि लामिछाने पक्राउ र अदालतमा मुद्दा पेस भइसकेपछि सरकारले यो विषयमा बोल्यो, सक्रियताका साथ काम गरेकोजस्तो, निर्देशन दिएजस्तो देखिन्छ। यसले सरकार छ कि क्या हो भन्ने देखिएको छ।’

जुन प्रतिबद्धताका साथ यो सरकार बनेको थियो र जुन प्रकारले डेलिभरी दिनुपर्ने हो, त्यो हुन नसकेको उनको टिप्पणी थियो। 

सुशासन र डेलिभरीमा सरकार असफल भएको विषय बैठकमा उठेको उनको भनाइ थियो। साथै, रवि लामिछानेले अदालतबाट न्याय पाउनेमा पार्टी विश्वस्त रहेको पनि बैठकको निष्कर्ष रहेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad