आज (शुक्रबार) राति पाँच प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हिमपात र वर्षा तथा कोसी प्रदेशमा हिमपात हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्र र तराई क्षेत्रका पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै कर्णाली प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी आज राति लुम्बिनी प्रदेशको पहाडी क्षेत्र र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्र र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोसी प्रदेशको पनि हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया