नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते बस्ने भएको छ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैठककको मिति तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
काठमाडौँमा बस्ने बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस हुने उनको भनाइ छ।
बैठकका लागि ४ वटा एजेन्डा समेत तय गरिएको छ। उमहासचिव ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकका एजेन्डाहरुमा राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, सचिवालय, स्थायी किमटी र पोलिटब्युरोले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावहरु राखिएका छन्।
105
Shares

प्रतिक्रिया