राजनीति


एनपीएलमा मधेसी समुदायमाथि दुर्व्यवहार भएको भन्दै जसपा नेपालको आपत्ति

एनपीएलमा मधेसी समुदायमाथि दुर्व्यवहार भएको भन्दै जसपा नेपालको आपत्ति

नेपालखबर
पुस ८, २०८१ सोमबार १४:७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालको प्रथम नेपाल प्रिमियर लिग (एनपीएल)मा मधेसी समुदायमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ। 

जसपा नेपालका सह-अध्यक्ष रकम चेम्जोङले सोमबार विज्ञप्ति जारी गर्दै खेल भाइचारा र एकताको माध्यम भए पनि समुदायलक्षित दुर्व्यवहार भएको भन्दै त्यसको विरोध गरेका हुन।

‘खेल सामाजिक सद्भाव, भाइचारा र एकताको शसक्त माध्यम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, मधेसी समुदायका खेलाडीहरूप्रति केही समूहहरूबाट दुर्व्यवहार गरिएको वा गराइएको कार्य मधेसी समुदायलाई अपमानित गर्ने, साम्प्रदायिक सद्भाव एवं राष्ट्रिय एकतालाई खण्डित पार्ने तथा जातीय विद्वेष र घृणा फैलाउने कार्य गरेका छन्। मधेसी समुदायविरुद्ध अमर्यादित एवम् दुर्व्यवहार गर्नु नश्लीय तथा जातीय विभेद एवं निन्दनीय तथा घृणित कार्य हुन्। बदनीयतपूर्ण रुपमा गरिएको यस कार्यको जसपा, नेपाल घोर निन्दा एवं भर्त्सना गर्दछ।’

त्यस्ता कार्य गर्नेहरूलाई कारबाही गर्न पनि जसपा नेपालले माग गरेको छ।
No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad