राजनीति


राष्ट्रपति समक्ष ५ राजदूतले लिए शपथ

राष्ट्रपति समक्ष ५ राजदूतले लिए शपथ

तस्बिरः राष्ट्रपतिको कार्यालय शितलनिवास


नेपालखबर
पुस ८, २०८१ सोमबार १२:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले  विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा रुसका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र भारतका राजदूत डा शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

सरकारले गत साउन १४ मा १८ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेकाे थियाे। त्यसपछि विभिन्न समयमा संसदीय समितिबाट उनीहरुको अनुमोदन भएको थियो।

राष्ट्रपतिबाट शपथ लिएसँगै अब उनीहरु आफू नियुक्त भएको देशमा खटिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad