राजनीति


एनपीएलमा मधेसी समुदायमाथि आक्रमण भएको भन्दै जनमत पार्टीद्वारा कारबाहीको माग

एनपीएलमा मधेसी समुदायमाथि आक्रमण भएको भन्दै जनमत पार्टीद्वारा कारबाहीको माग

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८१ आइतबार १४:२०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर मधेसी समुदायका मान्छेहरुलाई कुटपिट भएको भन्दै जनमत पार्टीले आपत्ति जनाएको छ। आइतबार जनमत पार्टीले विज्ञप्ति जारी गर्दै रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न समेत माग गरेको हो। 

‘एनपीएलको फाईनल खेल पछि काठमाडौँमा विजय उत्सव मनाई रहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीरध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ।’
May be an image of text


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad