क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्सविरुद्ध नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेहरूविरुद्ध तुरुन्त कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारसँग माग गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालित प्रतियोगिताअन्तर्गत पुस ४ गते भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदा जनकपुरका खेलाडीहरूविरुद्ध नश्लीय र साम्प्रदायिक तथा रंगभेदी नारा जुलुस लगाएको उल्लेख गर्दै मधेसी आयोगले त्यसमा संलग्नहरूलाई कारबाही माग गरी गृह प्रशासनमा सिफारिस गरिसकेको छ।
यसप्रति खुसी प्रकट गर्दै कांग्रेस महामन्त्री थापाले मधेसी आयोगको सिफारिसबमोजिम दोषीविरुद्ध तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोध गरेका हुन्।
‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दु:ख लाग्ने खालको छ’, थापाले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन।’
हेर्नुहोस् मधेसी आयोगको विज्ञप्ति-

Shares

प्रतिक्रिया