ad ad

राजनीति


प्रदेश २ नामाकरणः मध्य-मधेश नामको पक्षमा ४२ मत, तेस्रो प्रस्ताव पनि खारेज

प्रदेश २ नामाकरणः मध्य-मधेश नामको पक्षमा ४२ मत, तेस्रो प्रस्ताव पनि खारेज

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार १३:२३,

प्रदेश २ को नामाकरणको लागि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद यादवले बागी भएर प्रस्ताव गरेको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको छ। 

मध्य–मधेश नाम राख्नुपर्ने उनकाे प्रस्तावको पक्षमा ४२ मत खसेको छ।

प्रदेश २ को १ सय ७ सदस्य रहेको प्रदेश सभामा ४२ मतमात्र प्राप्त भएपछि मध्य–मधेश नाम पनि अस्वीकृत भएको हो।

नाम स्वीकृत हुन कुल संख्याको दुइतहाई बहुमत हुनुपर्छ। जसको लागि १ सय ७ सदस्य संख्या अर्थात मतको ७२ मत आवश्यक पर्छ ।

यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो

नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र केही सांसदले मध्य–मधेश नाम प्रस्ताव गरेका छन्।
दुईतिहाई बहुमत नपुगेसम्म क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ ।

प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन्। नामको टुंगोपछि आजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ। प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन्।

याे पनि: 
प्रदेश २ को नाम: कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ पनि अस्वीकृत 
प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .