राजनीति


परराष्ट्रमन्त्री आरजु राणा पुगिन् नयाँदिल्ली

परराष्ट्रमन्त्री आरजु राणा पुगिन् नयाँदिल्ली

नेपालखबर
पुस ४, २०८१ बिहिबार १०:५७, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन्।

जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।

नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

भारतमा रहँदा उनले काठमाडौँ विश्वविद्यालय र भारतको इग्रो फान्डेशनले आयोजना गरेको नेपाल–भारत सम्मेलनमा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछिन्।

बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा भारत पुगेकी हुन्। 

जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन-२०२४ मा सहभागिता जनाएकी थिइन्। 

यस क्रममा उनले लैंगिक अल्पसंख्यकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीबारे चर्चा गरिन्।

साथै उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाबारे आफ्नो धारणा राखिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad