राजनीति


जसपा नेपालले पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने

जसपा नेपालले पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८१ बुधबार १५:५९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने भएको छ। 

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग क्षेत्रमा संगठन निर्माणका लागि विशेष ध्यान दिने निर्णय गरेको र  प्रदेश समिति र जिल्ला समितिलाई उक्त निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरिएको बताएका छन्।

‘पार्टीले जिम्मेवारीमा खटाएका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय अभियन्ताहरुलाई माघ मसान्तसम्म जारी रहने पार्टीको संगठन निर्माण अभियानको अवधीभर आ–आफ्नो कार्यक्षेत्रमा सक्रियाता पूर्वक लाग्न पार्टीद्वारा सर्कुलर जारी गरिएको छ,’ बस्नेतले भने।

पालिका समितिमा खटाइएका केन्द्रीय अभियन्ताहरुलाई प्रदेश र स्थानीय तहका पार्टी समितिसँग समन्वय गरी कार्य गर्न भनिएको उनले बताए।

 
  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad