राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।
उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शंकरप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शर्मा यसअघि पनि भारतकै लागि राजदूत थिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएपछि कांग्रेस-एमाले गठबन्धन सरकारले पुनः नियुक्त गरेको हो।
डा तिम्सिना लामो समयदेखि सामाजिक र नागरिक आन्दोलनमा सक्रिय छन्। उनले गैरसरकारी संस्था महासंघको पनि नेतृत्व गरिसकेका छन्।

Shares

प्रतिक्रिया