राजनीति


वामदेव गौतम हाम्रो पार्टीमा आउन सकारात्मक हुनुहुन्छ : खतिवडा

वामदेव गौतम हाम्रो पार्टीमा आउन सकारात्मक हुनुहुन्छ : खतिवडा

जगन्नाथ खतिवडा


नेपालखबर
पुस २, २०८१ मंगलबार १८:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले राष्ट्रियसभा सदस्य वामदेव गौतम आफ्नो पार्टीमा आउन सकारात्मक भएको बताएका छन्। 

मंगलबार स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा खतिवडाले उनलाई भित्र्याउन औपचारिक प्रक्रिया समेत सुरु गरिने जानकारी दिए। 

‘कमरेड वामदेव गौतमसँग हाम्रो निरन्तर संवाद भइरहेको छ, उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ,’ उनले भने, ‘तर, पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नको निम्ति हामी संवादलाई अघि बढाउने ठाउँमा आइपुगेका छौं।’

स्थायी कमिटी बैठकले समेत गौतम लगायतका केही शीर्ष नेताहरु एकीकृत समाजवादीमा आउन चाहेको भन्दै त्यसका निम्ति उनीहरुसँग संवाद बढाउने र चाँडै निर्णय लिने म्यान्डेट दिएको खतिवडाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad