कारोबार


धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

अन्य कर्मचारीको पनि सम्पत्ति छानबिन गर्न माग
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८१ सोमबार १७:१, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

नवनियुक्त अध्यक्ष श्रेष्ठको योग्यताबारेमा कुनै जानकारी नदिइनु र अर्थ मन्त्रालयले समेत आधिकारिक योग्यता विवरण सार्वजनिक नगरिनु भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो। 

तत्काल छानबिन गरी कारबाहीको माग गरिएको उक्त उजुरी अख्तियारले सी-०३५३८४/२०८१/०९/०१ नम्बरमा दर्ता गरेको छ। 

सूचनाको हक प्रयोग गर्दै अर्थ मन्त्रालयमा योग्यता नपुग्ने भन्दै निवेदन दर्ता गरे पनि मन्त्रालयले योग्यताको विवरण उपलब्ध नगराएको उजुरीमा भनिएको छ। 

यस्तै नियुक्तिमा ५ अर्ब रकमको चलखेल भएको कुरामा पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै अख्तियारलाई अनुसन्धान गर्न भनिएको छ। 

‘पाँच अर्ब कमिसन प्रकरणमा जोडिएका भनिएका परराष्ट्रमन्त्री, अर्थमन्त्रीको समेत सम्बन्धलाई छानबिन गरियोस्’, उजुरीमा उल्लेख छ ।

यस्तै उजुरीमा नयाँ स्टक एक्स्चेन्ज पनि भ्रष्टाचार भएको हुन सक्ने भएको भन्दै छानबिन गर्न भनिएको छ।

उजुरीमा हिमालयन रि इन्स्योरेन्स र लघुबीमाको लाइसेन्स दिँदा पनि भ्रष्टाचार भएको भन्दै त्यसउपर अनुसन्धान गर्दै बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालसहित अन्य कर्मचारीहरु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल,अम्बिका गिरीलगायतको सम्पत्तिमाथि समेत छानबिन गर्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad