राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनको विषयलाई लिएर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्।
गौतमले सोमबार विज्ञप्ति निकालेर आफूले ओलीका स्वकीय सचिव बज्राचार्यलाई नै टोलिफोन गरेको तर ओलीले आफूसँग गरेको भनेर कुप्रचार गरेको दाबी गरेका छन्।
गौतमले अगाडि भनेका छन्, ‘त्यस पछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाइलाई पठाइ दिएको छु। तु उहाँलाई पठाइ दिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ। यो भन्दा वढी मैले एक शब्द पनि बोलेको छैन। फोन नं राजेश कै हो।’
तर, ओलीले भने आफूसँग कुरा गरेको तर नचिनेको भनेर प्रचार गरेको गौतमको भनाइ छ। ‘यसलाई केपीले प्रचारको विषय वनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन,’ गौतमले चुनौती दिएका छन्, ‘क. के पी म तपाइलाई चुनौती दिन्छु–मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्। पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।’
Shares

प्रतिक्रिया