राजनीति


नेपाल प्रहरीका १० डीआईजीको सरुवा, चार प्रदेशका प्रहरी प्रमुख फेरिए

कोसीमा अधिकारी, लुम्बिनीमा कार्की
नेपाल प्रहरीका १० डीआईजीको सरुवा, चार प्रदेशका प्रहरी प्रमुख फेरिए

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार ७:३२, काठमाडौँ

नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो। 

यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुखसमेत हेरफेर भएका छन्। 

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो।

कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्। 

गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई पनि प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। उनलाई केही दिनमै एआईजीमा बढुवा गर्ने तयारी रहेकाले समन्पवय विभागमा ल्याइएको हो।

हालै डीआईजीमा बढुवा भएका भोला बहादुर रावलले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

लुम्बिनीमा डीआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ। त्यहाँ कार्यरत कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। उनले अब प्रहरी प्रवक्ताको समेत जिम्मेवारी पाउनेछन्। 

डीआईजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा यथावत् राखिएको छ। उनीसँगै डीआईजी बनेका दुवै जनाले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। सदूरपश्चिमका प्रहरी प्रमुख रवीन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ। 

यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ। 

सूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad