राजनीति


ओलीले सिन्का पनि भाँचेका छैनन्, चीनसँग मैले गरेका समझदारीको फोटोकपी बाँडे : प्रचण्ड

ओलीले सिन्का पनि भाँचेका छैनन्, चीनसँग मैले गरेका समझदारीको फोटोकपी बाँडे : प्रचण्ड

फाइल फोटो


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १५:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा सिन्को पनि नभाँचेको बताएका छन्।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरे।

उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे।

‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ। मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ। ती सबै गतसाल गरिएका सहमति समझदारी हुन्।’

उनले चीनसँगको बीआरआई परियोजनामा आफूले समझदारी गराएको उल्लेख गर्दै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जिकीर गरे।

प्रचण्डले भने, ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो। मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो। भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad