नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज (सोमबार) बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने गरि कांग्रेसले बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बीआरआई लगायतका सम्झौताको विषयमा समीक्षा हुने छ।
165
Shares

प्रतिक्रिया