राजनीति


गगनले सभापति कम बोल्ने भनेपछि देउवाको जवाफ- बढी बोल्नेले आफैलाई सिध्याउँछ

गगनले सभापति कम बोल्ने भनेपछि देउवाको जवाफ- बढी बोल्नेले आफैलाई सिध्याउँछ

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १६:४३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति कम बोल्ने भनेर टिप्पणी गरेपछि त्यही मञ्चबाट सभापति शेरबहादुर देउवाको कटाक्ष बेहोर्नुपरेको छ।

नेपाली कांग्रेसको कोसी प्रदेश सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले गगनलाई लक्षित गरेर बढी बोल्नेले आफैलाई सिध्याउने भनेका छन्।  

पहिला बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उनको पनि समय लिएर लामो समय बोलेको बताएका थिए। ठट्टाकै शैलीमा भएपनि देउवाले मञ्चबाटै भने, `बढी बोल्नेले आफूलाई सिध्याउँछ। कम बोल्नेले अरूलाई सिध्याउँछ।´

उनको यो टिप्पणीलगत्तै दर्शकदीर्घामा हाँसो गुन्जिएको थियो। केही नेताले मञ्चमै खित्का छाडेका थिए। देउवाले लगत्तै प्रस्टीकरण दिए, `माफ गर्नुहोला, मैले ठट्टा मात्रै गरेको।´

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौता भएकोमा खुसी पनि व्यक्त गरे। उनले अहिलेसम्म बहुपक्षीय संस्थाहरुबाट मात्र नेपालले ऋण लिएको र देश विशेषबाट ऋण नलिने भनेर ओलीले पनि स्पष्ट पारिसकेको बताए। 

राजनीतिक स्थायित्वका लागि एमालेसँग सहकार्य गरेको बताएका उनले बीआरआईमा अनुदान लिएर आउने कुरा ओलीले गरेकामा धन्यवाद पनि दिए।

उनले भने, `ओलीजीसित हामीले सरकार बनाएका छौँ। स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनुपरेको हो। दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ। ओलीले काम पनि राम्रो गर्नुभएको छ। ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो। यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु।´

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad