राजनीति


चीन भ्रमणको ब्रिफिङ गर्न ओलीले बोलाए एमाले सचिवालय बैठक

चीन भ्रमणको ब्रिफिङ गर्न ओलीले बोलाए एमाले सचिवालय बैठक

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १८:३१, काठमाडौँ

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन्।

चीनमा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरी फर्किएका ओलीले फर्किएलगत्तै पार्टी बैठक बोलाएका हुन्।

मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाइएको छ। मुख्यतः चीन भ्रमणबारे पार्टीमा ब्रिफिङ गर्न यो बैठक बोलाइएको एमाले नेताहरूले बताएका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सम्झौता, स्थानीय तह उपनिर्वाचन, आन्तरिक व्यवस्थापन र विविध गरी चारवटा एजेन्डा तय भएको जानकारी दिए। 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौतालाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसबाट विभाजित प्रतिक्रिया आइरहेका छन्।

स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौँमा पराजय बेहोरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad