राजनीति


कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता एक हजार नाघ्यो

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता एक हजार नाघ्यो

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १९:२८, काठमाडौँ

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले अग्रता थप बढाएको छ। पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवारभन्दा कांग्रेस उम्मेदवार एक हजार मतले अगाडी छन्। 

कांग्रेसका कृष्णमान डंगोलले ४ हजार १ सय ६ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र मानन्धरले ३ हजार १ सय ५ मत पाएका छन्। 

यसैगरी माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले २ हजार ७४० मत ल्याएका छन्। मतगणना जारी छ। 

१० वटा वडा रहेको कीर्तिपुरमा अहिलेसम्म ६ वटा वडाको मत गणना सकिएको निर्वाचन कार्यालयले जनाएको छ। 

आइतबार सम्पन्न उपचुनावमा २१ हजार ३३३ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad