राजनीति


उदयपुरको त्रियुगा १२ मा माओवादीका नवीन दोस्रो प्रयासमा वडाध्यक्ष निर्वाचित

उदयपुरको त्रियुगा १२ मा माओवादीका नवीन दोस्रो प्रयासमा वडाध्यक्ष निर्वाचित

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ३:१०, काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ। माओवादी उम्मेदवार नवीन कुमार बान्तावा राई ९२३ मत ल्याएर निर्वाचित भएका हुन्। 

नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६०८ मत पाउँदा कांग्रेसका सञ्जीव काफ्लेले ३५९ मत मात्रै पाए। यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो। तर यसपटक यहाँ कांग्रेस उम्मेदवार ठूलो मतान्तरले पछि परे। 

२०७९ को निर्वाचनमा माओवादीले नविनलाई नै उम्मेदवार बनाएको थियो। तर उनी तेस्रो भएका थिए।

त्यतिबेला कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित निर्वाचित हुँदा एमालेका रमेश राउतले ४०८ र नविनले ४०४ मत पाएका थिए। तर यसपटक उनले दोब्बरले मत बढाउँदै वडाध्यक्ष निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad