कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा नेकपा एमाले विजयी भएको छ। एमाले उम्मेदवार ताहिर मुसलमान ११५० मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
नेपाली कांग्रेसका दिनेश कुमार यादवले १०७६ मत प्राप्त गरे ।
यसअघि यो वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। तर त्यतिबेला झण्डै डेढसय मतले पछि परेको एमालेले कांग्रेसलाई पछि पार्दै वडाध्यक्षमा विजयी भएको हो।
204
Shares

प्रतिक्रिया