काठमाडौं महानगरपालिका वडा नं १६ मा जाी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ।
आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन्।
यहाँ रास्वपाकी उम्मेदवार श्रेष्ठले ४ सय ९३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधर ३ सय ८४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ३ सय ६९ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले २ सय मत प्राप्त गरेका छन्।
यसअघि कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो।
264
Shares

प्रतिक्रिया