कर्णाली


जाजरकोटको कुशे-७ मा माओवादीको सिट कांग्रेसले खोस्यो

जाजरकोटको कुशे-७ मा माओवादीको सिट कांग्रेसले खोस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २१:११, काठमाडौँ

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन्।

आज भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिँह विजयी भएका हुन्।

विजयी सिंहले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे।

नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरे। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज भएको मतदानमा यहाँ ९५६ मत खसेको थियो १६ मत बदर भएको छ ।

यसअघि माओवादीका मनबहादुर घर्ती निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad