स्थानीय तह उपनिर्वाचन अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को मतगणना सोमबार बिहानदेखि हुने भएको छ।
त्यहाँ बत्ती नभएका कारण सोमबार बिहान ९ बजेदेखि मतगणना हुने भएको हो।
सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले राति मतगणनाका लागि बत्तीहरू नभएकाले सोमबार बिहान ९ बजेबाट मतगणना हुने जानकारी दिए।
उनका अनुसार ३ सय ५३ जना मतदाता रहेकामा ३०३ जनाले मात्रै मतदान गरेका छन्।
यहाँ एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको थियो।
त्रिपुरासुन्दरी–५ को वडाध्यक्षका लागि चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमा नेकपा एमालेबाट नरबहादुर रोकाया, नेकपा एस बाट ज्योती घर्ती, नेकपा माओवादीबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।
117
Shares

प्रतिक्रिया