राजनीति


स्थानीय तहको उपनिर्वाचन : मधेस प्रदेशमा मतगणना आजै

स्थानीय तहको उपनिर्वाचन : मधेस प्रदेशमा मतगणना आजै

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:२४, काठमाडौँ

स्थानीय तहको उपनिर्वाचन अन्तरगत मधेस प्रदेशका चारवटै जिल्लामा मतदान सकिएको छ।

मधेस प्रदेशमा चार जिल्लाका सात वटा वडामा वडा अध्यक्ष पदका लागि आज मतदान भएको थियो।

सप्तरीमा दुई, धनुषामा १, महोत्तरीमा १ र रौतहडमा ३ वटा वडामा आज उपनिर्वाचन भएको हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुईवटा वडाका लागि आज मतदान भएको थियो।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा वडा नम्बर १ र ४ मा भएको मतदानमा करिब ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले जानकारी दिए।

यी दुई वडामा रहेका ३ हजार ९ सय ४२ मतदातामा २ हजार ८ सय ३१ मत खसेको मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिए।

उनका अनुसार मतपेटिका संकलन भइसकेपछि आजै सर्वदलिय बैठक राखेर गणना सुरु गर्ने तयारी रहेको छ।

यसैगरी, रौतहटको तीनवटा वडामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार रौतहटमा ७३ दशमलव ३७ प्रतिशत मत खसेको छ।

रौतहटको ईशनाथ नगरपािलका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा आज मतदान भएको थियो।

ईशनाथ नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष पदका लागि भएको मतदानमा १८ सय ७० मत खसेको छ। राजपुर नगरपालिका वडा नम्बर ६ मा १७ सय ६६ र गढीमाई नगरपालिका ८ मा २२ सय ३७ मत खसेको दासले जानकारी दिए।

उनका अनुसार मतपेटिका संकलन भएपछि आजै मतगणना सुरु हुनेछ।

यस्तै, धनुषाको धनुषाधाम नगरपालिका १ मा पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार यहाँ ६९ दशमलव ९९ प्रतिशत मत खसेको छ।

३६ सय मतदाता रहेको यस वडामा २२ सय ५८ जनाले मत खसालेका छन्।

यहाँ मतपेटिका संकलन भएपछि आजै मतगणना गर्ने तयारी छ।  

यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा ७० दशमलव ७१ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार २१ सय ४१ मतलाता रहेको यस वडामा १५ सय १४ मत खसेको हो।

मुख्य निर्वाचन अधिकृत कोइरालाका अनुसार अबको केहीबेरमा यहाँ मतगणना सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad