स्थानीय तहको उपचुनावमा मतदान सम्पन्न भएका ४१ मध्ये कम्तीमा २० तहले आइतबारै मतगणना सुरु गर्ने भएका छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, १ र ४ नम्बर वडासहित काठमाडौं महानगपालिका १६ नम्बर वडा, दोलखाको गौरी शंकर गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका, मकवानपुर उपमहानगरपालिका १२ नम्बर वडा लगायतमा अन्य केही वडाले समेत आइतबारै मतगणना गर्न लागेका हुन्।
त्यसका लागि अहिले ७ बजे सर्वदलीय छलफल हुँदै छ।
४१ वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान भएको र ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार कम्तीमा २० वडाले आजै मतगणना सुरु गर्नेछन्।
‘मतदान सम्पन्न भएका कम्तीमा २० स्थानीय तहले आजै बेलुकादेखि मतगणना गर्ने बताएका छन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालखबरसँग भने, ‘त्यसको तयारी भइसकेको छ।’
तर, हुम्लाको सर्केगाड गाउँपालिकामाा भने मतपेटिका पुग्न ढिला हुने भएपछि सोमबार बिहानबाट मात्र मतगणना गर्र्ने मुख्य निर्वाचन अधिकृत शम्भु बरालले नेपालखबरलाई जानकारी दिए।
‘चार÷पाँच घण्टा हिडाएर मतपेटिका केन्द्रसम्म ल्याइपु¥याउनुपर्छ। सम्भवतः भोलि विहानैबाट मतगणना सुरु हुन्छ।’
आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। एक नगरपालिका, २ गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष बाँकी वडा अध्यक्षको लागि उपचुनाव भएको हो।
Shares

प्रतिक्रिया