स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा मतदान जारी छ। गौरीशंकमा हालसम्म २८ सय भन्दा धेरै मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार हालसम्म २८ सय ८६ मत खसेको हो।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीले जानकारी दिए।
१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशंकरमा बिहानैदेखि मतदाता मतदान केन्द्रमा धाइरहेका छन्। गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए ।
उनको गतवर्ष निधन भएपछि आज उक्त पदमा नयाँ उपाध्यक्ष नियुक्तिको लागि मतदान भैरहेको हो। निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
बिहान ७ बजेदेखि ९ वटै वडाको २१ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको केसीले बताए।
Shares

प्रतिक्रिया