युनिभर्सल पिस फाउन्डेसन (यूपीएफ) अस्ट्रेलियाले द लिभिङ फर अदर्स अवार्ड कार्यक्रम आयोजना गरेको छ।
शनिबार ओसिनिया पिस एम्बेसी कन्फरेन्समा कार्यक्रम गरिएको हो। कार्यक्रममा परोपकारमा समर्पित व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
सा क्रममा समाजमा योगदान पुर्याउने ८ जनालाई अवार्ड प्रदान गरिएको थियो। अला महादी, अयनालेम डिजेफु, डा. भारती रेडी, ब्रुस वङ, डाफन लोवी केली, केदार रायमाझी, लिडिया मे सेडिक फराग र रेवा शाहले उक्त अवार्ड पाएका थिए।
कार्यक्रममा यूपीएफ ओसिनियाका प्रमुख युताका यामादा, न्यु साउथ वेल्सस्थित नेपाली महावाणिज्य दूत सञ्जीव कुमार शर्मालगायत सहभागी थिए।
39
Shares

प्रतिक्रिया