राजनीति


परराष्ट्रमन्त्री डा.आरजु राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री डा.आरजु राणा चीन प्रस्थान

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १३:२९, काठमाडौँ

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि राणा बिहीबार मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन्। 

राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलोपटक चीन भ्रमणमा गएकी हुन्।

राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरे। 

भ्रमणका क्रममा मन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।   

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप राणा चीन गएकी हुन्। 

प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री डा.राणा यही मङ्सिर १५ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad